एएफसी महिला एसियन कप–२०२२ अन्तर्गत पहिलो छनोट खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा अग्रता जोगाउन नसक्दा नेपालले अन्तिम समयमा २–१ गोलको हार ब्यहोरेको हो। सुरुवातदेखि नै फिलिपिन्सलाई दबाबमा राखेको नेपाली टिमका लागि बिमला चौधरीले १० औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्।
बिमलाले हेडमार्फत उत्कृष्ठ गोल गरेकी थिइन। तर खेलको ९० औँ मिनेटमा तहानाई एन्निसले गोल फर्काउँदै खेल बराबरी गरिन्। लगत्तै ९२ औँ मिनेटमा क्यामिली विल्सनले १ गोल थप्दै टीमलाई नाटकीय जित दिलाइन्।
समूह ‘एफ’ मा रहेको नेपालले हारबाट छनोटको सुरुवात गरेको छ। पहिलो खेलमै जित निकाल्दै सुखद् सुरुवात गरेको फिलिपिन्स ३ अंकसहित समूहको शिर्ष स्थानमा आएको छ। यस समुहमा नेपालसहित फिलिपिन्स र हङकङ छन्। नेपालले अर्को खेलमा असोज असोज ५ गते हङकङको सामना गर्नेछ।
यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ। छनोट अघि नेपालले घरेलु मैदानमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलेको थियो।
बंगलादेशसँग दुई खेल खेलेको महिला टोलीले एकमा जित र एकमा बराबरी नतिजा निकालेको थियो।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते