काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ ।
ओमानको अल अमिरात मैदानमा गएराति नेपालले दिएको एक सय ७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर तीन बलमा मात्रै चार विकेट गुमाएर भेट्टायो ।
अमेरिकाका स्टेभेन टेलरले ६३ बलमा ९२ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४८ ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ३६ र राष्ट्रिय टोलीमा डेब्यु गरेका गुलशन झाले २८ रन बनाए ।
लिग–२ अन्तर्गतको जारी सिरिजमा अमेरिकाको यो पहिलो जित हो भने नेपालको यो लगातार दोस्रो हार हो ।
अमेरिकासँग यसअघि भएका तीन वटै खेलमा नेपाल विजयी भएको थियो भने बिहीबार भएको खेलमा नेपालले ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो ।
नेपालले अर्को खेल भोलि ओमानसँग खेल्नेछ । अमेरिकाले पनि सोमबार ओमानसँग खेल्नेछ ।
लिग–२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते