तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज बिहान डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना७ख ९२३७ नं.को ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षका चालकको मृत्यु भएको हो ।
मृतकको नामथर नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् । सामान्य घाइते भएका बिकको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भईरहेको छ ।
ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो । मृतकको शव दमौली अस्पतालमा राखिएको छ ।
सम्बन्धित खबर
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
तनहुँमा श्रीमानले गरे बन्चरो प्रहार गरी श्रीमतीको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते