राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कास्की जिल्ला अध्यक्षमा नारायण गुरुङ निर्वाचित भएका छन् । पार्टीको जिल्ला अधिवेशनले गुरुङलाई अध्यक्ष निर्वाचित गर्दै २८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
राप्रपा कास्कीको जिल्ला सदस्यहरूमा मनिष केसी, प्रताप सुबेदी, वसन्तराज अधिकारी, शोभा गुरुङ, प्रकाश सापकोटा, जागेर हुसेन मियाँ, सन्दीप धमला, लक्ष्मीकान्त पौडेल, विष्णुप्रसाद अधिकारी, डण्डीराज आचार्य, सूर्य पुन, श्रवणराज पन्त, गंगा थापा क्षेत्री, ईश्वरी चापागाईँ, ओम बहादुर कार्की, विष्णु कार्की, प्रेम मल्ल, युद्धबहादुर कोइराला, पुर्णेश्वर सुनार, नेत्रपाणी देवकोटा, मोतिमान शाक्य, कृष्णकुमारी सुवेदी, लक्ष्मी अधिकारी, ईन्द्रकुमारी शाही, गणेश बहादुर ढकाल, सीता जिसी र जगत सुवेदी रहेका छन् ।
राप्रपा कास्कीका अध्यक्ष निर्वाचित भएका गुरुङ निर्माण व्यवसायी समिति पोखराका समेत अध्यक्ष हुन् । हाल अध्यक्ष मात्रै चयन गरी कार्यसमिति विस्तार गरिए पनि चाँडै नै अध्यक्षले सदस्यहरूमध्येबाटै पदाधिकारी चयन गरी जिम्मेवारी दिने कार्ययोजना रहेको राप्रपा कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने