नेपालले आज अमरिकासँग खेल्दै

नेपालले आज अमरिकासँग खेल्दै

Nepali-Cricket-Team

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दै छ ।

अल अमिरात क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ः१५ बजे शुरु हुनेछ । अमेरिकाविरुद्धको पहिलो खेलमा पाँच विकेटले जित हात पारेको नेपाल आज पनि विजयी लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

पहिलो खेलमा अमेरिकालाई पराजित गरे पनि दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले नै पराजित भएको थियो । ओमानसँग पराजित भए पनि अमेरिकाविरुद्धको खेलमा नेपाल उच्च मनोबलसहित मैदानमा उत्रिनेछ ।

यस्तै अमेरिकाले बिहीबार भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो । लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ