राम बहादुर रोकाहा, स्याङ्जा । नेकपा एमालेका सचिव एवं पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले आफूले त्यागेको समूहको पार्टीलाई टाउको सुकेको, पेट फुलेको र खुट्टा लुलो भएको पार्टीको संज्ञा दिएका छन् । उनले पार्टीलाई विभाजनको पक्षसम्म पुर्याउन लागिपरेकालाई साथ नदिने स्पष्ट पार्दै नेता कार्यकर्तालाई संगठित भएर पार्टी एकताको पक्षमा लागि पनि अनुरोध गरे ।
एमाले जिल्ला कमिटी स्याङ्जाले आयोजना गरेको बृहत् अगुवा कार्यकर्ता भेलामा बोल्दै सचिव भट्टराईले स्वार्थका लागि होस् वा अन्य कुनै कारणले पार्टी विभाजन गरेर र नेपालमा जतिसुकै नयाँ पार्टी स्थापना गरेपनि निर्वाचनका बेला जनताले रोज्ने भनेको दुई प्रतिस्पर्धी पार्टी एमाले र काँग्रेस नै भएको बताए ।
नेता माधव नेपालले एमाले पार्टी विभाजन गरी बनाएको नयाँ पार्टीतिर कसैले ध्यान केन्द्रित नगर्न आग्रह गर्दै उहाँलाई आफ्नो एउटा ईतिहास बनाउनुहोस् भन्दा अटेर गर्नुका साथै नेता नेपालले एमाले पार्टीको ईतिहास भत्काएको आरोप समेत नेता भट्टराईले लगाए ।
उनले नेपाल कम्युनिष्ट पार्टी एमालेको आफ्नै बेग्लै ईतिहास बोकेको पार्टी रहेको बताए । यस पार्टीको इतिहासलाई चाहेर पनि कसैले मेटाउन नसक्ने उनको जिकिर छ ।
नेता भट्टराईले देशलाई विभिन्न जातिय, भौगोलिक रुपमा नटुक्राई अखण्ड राखी नेपाललाई जोड्नुपर्छ भन्ने सिद्धान्त बोकेको पार्टी एमाले रहेको बताए । उनले हिमाल, पहाड, तराई, जनजाति, दलित, उत्पिडन वर्गका साथै सम्पुर्ण ३ करोड नेपालीसङ्ग एमालेको सम्बन्ध जोडिएको बताए ।
एमालेका सचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालले पद र व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गरेको आरोप लगाए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री पद्मा अर्यालले सबैलाई समेट्ने विशाल पार्टी एमाले रहेको र विकासको लहर ल्याउने, जनताको हरेक सुख, दुःखमा साथ दिने पार्टी पनि एमाले नै भएकाले सबै नेता कार्यकर्तालाई समाहित भएर एमाले मै रहेर जनताको हितमा लागि पर्न आग्रह गरिन् ।
कार्यक्रममा पूर्वमन्त्रीहरु खगराज अधिकारी, जगत विश्वकर्मा, नेकपा एमाले सुरक्षा विभागका सचिव शोभियत ढकाल, केन्द्रीय सदस्यहरु लिला थापा र सीता सुन्दास लगायतले मन्तव्य राखेका थिए ।
नेकपा एमाले जिल्ला कमिटी स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस) को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेस तथा अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा ७० जना पार्टी प्रवेश गरेको कार्यक्रम सञ्चालक सचिव सुधिर शर्मा पौडेलले जानकारी दिए । नेता उदय श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने