कपडा र मोबाइल किनारमै राखेर नदीमा हामफालिन् महिला

कपडा र मोबाइल किनारमै राखेर नदीमा हामफालिन् महिला

bheri-river-woman-suside_LHBeEHBqRZ

भेरी नदीमा एक परिचय नखुलेकी महिलाले हाम फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर उनी भेरी नदीमा हामफालेकी हुन् ।

आफू मलामी गएको बेला भेरी नदी किनारबाट महिलाले हामफालेको प्रदेश सभा सांसद पदमा खड्काले जानकारी दिएकी छिन् । ‘नदी किनारामा केही कागज र कपडा छन्, प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन,’ उनले भनिन्, ‘तत्काल उनको खोजी र पहिचानका लागि प्रहरी चौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले घटनास्थलमा प्रहरी गएकाले थप विवरण केहीबेरमा थाहा हुने बताए । नदीमा हाम फालेकी महिलाले नदी किनारमा केही सामान पनि छाडेकी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ