कास्कीमा निषेधाज्ञा हट्यो : सबै शैक्षिक संस्था र रात्रीकालिन व्यवसाय संचालन गर्न पाइने

कास्कीमा निषेधाज्ञा हट्यो : सबै शैक्षिक संस्था र रात्रीकालिन व्यवसाय संचालन गर्न पाइने

CDO-Office-Kaski-740×360-1

कास्कीमा निषेधाज्ञा हटेको छ। निषेधाज्ञा हटेसँगै जिल्लामा विद्यालय, क्याम्पस, विश्वविद्यालय लगायत होटल रेष्टुरेन्ट, नाचघर, क्लब, डान्सबार र दोहोरी साँझहरु खुल्ने भएका छन्।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी विज्ञप्ति अनुसार पछिल्ला दिनमा संक्रमणदर र मृत्युदर घट्दै गइरहेको भन्दै दैनिक क्रियाकलापहरु संचालन गर्दा नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य तथा सुरक्षा मापदण्डहरुको अनिवार्य पालना गर्दै संचालन अनुमति दिइएको हो ।

आदेश अनुसार सबै प्रकारका शैक्षिक संस्था र प्रशिक्षण केन्द्रहरु शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रकाशित कोभिड -१९ संक्रमणको कार्यविधि (शैक्षिक संस्था संचालन गर्दा अपनाउनु पर्ने आवश्यक तयारी) अनुसार स्थानीय तहसँगको समन्वयमा पठनपाठन संचालन गर्नुपर्नेछ छ भने, होटल रेष्टुरेन्टहरु पूर्ण सावधानी अपनाई बेलुका ७ :३० बजेसम्म मात्र संचालन गर्न अनुमति दिइएको छ ।

यस्तै, नाचघर, क्लब, डान्सबार दोहोरी साँझ जस्ता रात्रीकालिन व्यवसायहरु पनि तोकिएको मापदण्ड पालना गरी राति १:३० बजेसम्म संचालन गर्न पाइनेछ। यद्यपी संक्रमणको दर बढ्दै गएमा जुनसुकै समयमा थप आदेश जारी हुने पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ