नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगिता एभेरेष्ट प्रिमियर लिगको चौथो संस्करणमा पोखरा राइनोज उच्च मनोवलका साथ देखिने भएको छ । लिगको यस अघिका सबै सिजनमा सहभागी राइनोजको यसपटक उपाधि जित्ने लक्ष्य रहेको छ । यसका लागि राइनोजले आफ्नो नयाँ लोगो र नयाँ रङ्ग सहितको परिवर्तित जर्सी सार्वजनिक गरेको छ ।
जीतको प्रतीक सुन्तला रङ्ग थपिएको राइनोजको पछिल्लो लोगोमा गैंडाको टाउको देखाइएको छ भने माछापुच्छ्रे हिमाल मुनि ब्याट्स्म्यानले बल प्रहार गरेको पनि लोगोमा झल्काइएको छ ।
राइनोजको नयाँ जर्सीमा पनि पोखराको प्रतीक झल्कने माछापुच्छ्रे हिमाल राखेको छ । जर्सीको प्रायोजन सेभेन–अ ब्राण्ड वाई एम.एस धोनीले गरेको छ । त्यस्तै, मुख्य प्रायोजकमा सौर्य सिमेण्ट, जगदम्बा सुपर साइन रहेको छ भने अधिकारिक प्रायोजकमा मित्सुुबिसी मोटर्स, एड्नोक र कान्तिपुर मिडिया रहेका छन् । हस्पिटालिटीको प्रायोजनमा याक एण्ड यती काठमाण्डौ तथा क्लोज क्याम्प पार्टनरमा हायात रिजेन्सी रहेका छन् ।
आगामी असोज ९ देखि २३ गतेसम्म काठमाण्डौ स्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा शुरु हुने एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि यसपटक पोखरा राइनोज सहित काठमाण्डौ किंग्स–११, ललितपुर प्याट्रियाट्स, विराटनगर वारियर्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्स आमने सामने हुँदैछन् ।
यस पटकको इपीएल विजेताले नगद ५० लाख रुपैयाँ सहित उपाधि जित्दा उप–विजेताले नगद १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी लिगमा विभिन्न विधाका खेलाडीहरुले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते