तनहुँको शुक्लागण्डकीस्थित रकगार्डेनमा टिकटक बनाउने क्रममा सेती खोँचमा पसेकी युवतीको अवस्था अझै अज्ञात छ । वडा नं. ४ र ८ को सीमामा रहेको रकगार्डेन क्षेत्रमा तस्बिर खिच्ने र टिकटिक बनाउने क्रममा शुक्लागण्डकी वडा नं. ८ की १९ वर्षिया पवित्रा लम्साल खसेर बेपत्ता भइन् ।
तीन जना साथीहरुसँग मिलेर उनीहरु सेतीको किनार रकगार्डेन गएका थिए । घटना मंगलबार दिउँसो २ बजेतिरको हो । पक्की पुल र झोलुङ्गे पुलकोबीचबाट ती युवत्ती खसेर बेपत्ता भएको प्रहरीको भनाई छ ।
बेपत्ता पवित्राको केहि दिनअघि मात्र विवाह भएको बताइएको छ । ५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् ।जानकारका अनुसार उनको यही भदौ २६ गते भिमादको किहूँका सिग्देल थरका युवकसँग विवाह भएको हो । स्याङ्गजा जिल्ला हरिनाश गाउँपालिका घर भइ शुक्लागण्डकी नगरपालिका वडा नं ८ लालिमस्थित काकाकाकीसँग बस्दै आएकी थिइन् ।
पवित्रा नदिमा पसेको भिडियो पनि सार्वजनिक भएको छ । सेती खोचमा पसिरहँदा साथीहरु चिच्याई चिच्याई तल नजान रोकिरहेका छन् । ‘कस्तो हो के तिमी… पवित्रा… लान्छ के ओई…’ भनेको स्पष्ट सुनिएको छ । नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।
जानकारी पाए लगत्तै प्रहरीले सेती नदी छेउछाउमा खोजी कार्य जारी राखेपनि फेला पार्न नसकिएको र बुधबार बिहानैदेखि पुनः खोजी कार्य गरिने प्रहरीले जनाएको छ । भिमाद क्षेत्रमा पनि प्रहरीलाई परिचालन गरिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले गण्डक न्यूजलाई जानकारी दिए ।
(मुहार प्रष्ट देखिने र युवती समेत बोलेको दोस्रो भिडियो प्रकाशन/प्रसारण गर्न नमिल्ने भएकाले यहाँ संलग्न गरेका छैनौं । जुन भिडियोमा अञ्जानले भन्दा पनि जानाजान सेतीमा हेलिएको भान हुन्छ । यद्यपी प्रहरीले यस सम्बन्धमा अनुसन्धान अघि बढाएको छ । )
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो