पाण्डे र भट्ट एकीकृत समाजवादीमा समाहित पाउने, कारबाही नगर्न सर्वोच्चको आदेश

पाण्डे र भट्ट एकीकृत समाजवादीमा समाहित पाउने, कारबाही नगर्न सर्वोच्चको आदेश

Supreme_Court_sarbochcha_adalat_sarbocha1

सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित हुन पाउने भएका छन्।  उनीहरुलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

एकीकृत समाजवादी पार्टी रोजेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टलाई मुद्दा नटुंगिएसम्म कारबाही नगर्न अदालतले अन्तरिम आदेश दिएको हो।

मंगलबार न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरुले सनाखत गर्नुपूर्व नै दुवैले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर २ भदौमा दल दर्ताका लागि निवेदन दिँदा दुवैको नाम नभएका कारण आयोगले सनाखत गरेको थिएन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ