लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

bepatta

आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् ।

तीमध्ये ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो ।

कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए। गतएक वर्षका अवधिमा २० बालबालिका हराएका थिए । तीमध्ये तीन बालक, १७ बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् ।

सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds