कमला राना/ नवलपुर
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।
काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र ०२–००१ नंको यात्रुबाहक बस र ना ६ ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । उनका अनुसार मृत्यु हुनेमा बर्दिया जिल्ला बासबारि नगरपालिका वडा नम्बर ८ बस्ने ७० बर्षिय याेगमाया सुवेदी, कञ्चनपुरकी ४० वर्षिय रंगि तिवारी र कञ्चनपुर महेन्द्रनगर झरारि बस्ने अन्दाजी ३०-३५ बर्षिय कृष्ण राना रहेका छन् ।
बसमा चालकसहित २६ जना सवार रहेका बताइएको छ । तीमध्ये तीन जना घाइतेको अवस्था गम्भीर छ । यसैगरी ट्रकका चालकसमेत घाइते भएका छन् ।

घाइतेहरु झापा बाहुनडागी बस्ने बर्ष १६ को पारस ढकाल, मोरङ विराटनगर मा.न.पा.–३ बस्ने बर्ष २१ की पुजा रेग्मी, सोही ठाउँ बस्ने बर्ष २८ को सरोज पोखरेल, कैलाली बस्ने बर्ष १६ की रोशनी अधिकारी, कन्चनपुर महेन्द्रनगर नगरपालिका वडा नं.–१ बस्ने वर्ष ४९ को मोहन कोईराला, जुम्ला तिला गा.पा.वडा नं.–४ बस्ने बर्ष २६ को चन्द्र नाथ योगी, सोही ठाउँ बस्ने वर्ष ३३ को टोप बहादुर शाही, बस चालक जि.कन्चनपुर कञ्चनपुर न.पा.–४ बस्ने वर्ष ४२ को लाल विर लोहार, रुपन्देही वस्ने वर्ष २८ को सुरज अधिकारी, बर्दिया वाँसगढी न.पा.वडा नं.–८ वस्ने वर्ष २ को डिल्लीराम सुवेदी, जिल्ला झापा बस्ने वर्ष ३६ को मन कुमार श्रेष्ठ, हात र खुट्टामा चोट, कन्चनपुर झलारी बस्ने वर्ष २६ की उर्मिला तिरुवा,. ट्रक चालक जिल्ला प्यूठान प्यूठान न.पा.–१० बस्ने वर्ष २७ को अमृत सिंह विष्ट, सुर्खेत विरेन्द्रनगर नगरपलिका वडा नं.–४ बस्ने वर्ष ४० को राम बहादुर थापा, हुप्सेकोट वडा नं.–३ नवलपुर वस्ने वर्ष २६ की सबिना लिम्बु, हुप्सेकोट –३ नवलपुर वस्ने वर्ष २ को जोशन सारु मगर, पुरानो बेलहानी नवलपुर बस्ने वर्ष १ की गंगा ओली, कन्चनपुर बेलपुर ९ बस्ने वर्ष ३२ को चित्रदेव लेखक, सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं.–७ वस्ने बर्ष ४२ को मन कुमार थापा, महोत्तरी बर्दिवास न.पा.वडा नं.–७ बस्ने बर्ष २३ को रमेश यादव, रहेका छन ।
घाइतेकोे नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो