प्रेमिकाको अश्लिल फोटो, भिडिओ सामाजिक सञ्जालमा दुरुपयोग गर्ने पक्राउ

प्रेमिकाको अश्लिल फोटो, भिडिओ सामाजिक सञ्जालमा दुरुपयोग गर्ने पक्राउ

jirel

प्रेमिकाको अश्लिल फोटो/भिडिओ सामाजिक सञ्जालमा हालेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाले दोलखा घर भई काठमाडौंको टोखा बस्ने २३ वर्षीय सुजन जिरेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

उनले प्रेमिकाको अश्लिल फोटो तथा भिडिओ फेसबुक, इन्स्टाग्राममा पोष्ट गरेर चरित्र हत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। उनीहरूबीच विवाद हुँदा फोटो तथा भिडिओ सामाजिक सञ्जालमा पोष्ट गरेको भन्ने जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

जिरेल काभ्रेमा भएको सूचना पाएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरेको थियो। उनलाई प्रहरीले पाँचखालमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

उनलाई प्रहरीले आइतबार पक्राउ गरी काठमाडौं ल्याएको हो। उनीमाथि विद्युतीय कारोबार ऐन कसुर अनुसार थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ