लागु औषध ब्राउन सुगरसहित पोखराबाट दुई युवक पक्राउ

लागु औषध ब्राउन सुगरसहित पोखराबाट दुई युवक पक्राउ

Untitled-1

लागु औषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -६ हल्लनचोक बस्ने २३ वर्षीय प्रशान्त परियार र पोखरा – १ सिमपानी बस्ने २० वर्षीय अश्विन गुरुङ रहेका छन्।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार जिल्लामा लागु औषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलीले आइतबार अन्दाजी ५ बजेको समयमा ब्राउन सुगर ७०० मिलिग्रामसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट १५ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ