कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधार शिविर पदमार्ग खुल्ने भएको हो।
विश्वकै उत्कृष्ट १० मध्येको उक्त पदमार्गमा पर्ने सो आधार शिविर क्षेत्रमा स्वास्थ्य मापदण्ड बनाएर पदयात्रा खोल्न लागिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलीप गुरूङले बताए।
पदयात्रामा जानेलाई लक्षित गरी असोज पहिलो साताबाट यो क्षेत्र खुलाउन लागेका हौुं, उनले भने, पदयात्राका क्रममा पर्यटकलाई कोभिडको आशंका लागेमा छोम्रोङमा एन्टिजेन परीक्षणको प्रबन्ध गर्नेबारे छलफल भइरहेको छ।
नजिकैबाट हिमाल नियाल्दै पदयात्रा गर्न पाउनु यो पदमार्गको विशिष्टता हो।
यहाँ आउनेलाई पर्याप्त सुविधा उपलब्ध गराउन पर्यटन पूर्वाधार विस्तार गर्न व्यवसायी सक्रिय भएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले जानकारी दिए। सो क्षेत्रका २६ होटलले पर्यटकलाई सेवा दिइरहेका छन्। अन्य १० होटल थप्ने भनिए पनि कोरोनाले त्यो सम्भव भएन। चार दशकअघि उक्त आधार शिविर जाने पर्यटक त्यहाँका भेंडीगोठ र चित्रारभकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता थियो।
वि.सं २०४३ मा स्थापित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को पहलमा २०४९ सालपछि उक्त क्षेत्रमा होटल सञ्चालनमा आएका हुन्।
एक्यापले निर्धारण गरेको मापदण्डअनुसार पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरसम्म होटल चलेका थिए।
मापदण्डअनुसार प्रत्येक होटलमा ६ सहित १५६ कोठामा पर्यटक बस्न सकिने व्यवस्था छ।
कोरोना सुरू हुनुभन्दा अघिका वर्षमा ८० हजार आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने उक्त क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी यसको उचित व्यवस्थापन, प्रवर्द्धनलगायतमा सहयोग पुर्याउने उद्देश्यले २०७४ सालदेखि अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव थालिएको छ। गएको दुई वर्ष सो महोत्सव स्थगित भयो।सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो।
आठ हजार ९१ मिटर उचाइको सो हिमाल आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए।
अन्नपूर्ण आरोहणको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटरको उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेपछि सो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनियो।
घान्द्रुकबाट अन्नपूर्ण आधार शिविरसम्म पुग्न बाह्यले सामान्यतः चार र आन्तरिक पर्यटकले तीन दिन लगाउँछन्।
विगतमा पदयात्रामा आउने बाह्य पर्यटकले स्थानीय परिकार खानुपर्ने बाध्यता थियो। पछिल्ला वर्षमा यहाँका होटलले विदेशी परिकार पनि पस्कन थालेका छन्।
एक्यापले स्थानीयबासीलाई बेलाबेलामा तालिम दिँदै आएको छ। होटलले विदेशी परिकार बनाउन सक्ने कुक राख्न थालेका छन्। होटलको क्षमता विस्तारसँगै पदमार्ग क्षेत्रका देउरालीको पूर्वतर्फको पहाडमा रहेका बुद्धाकृति, दोभान र हिमालको बीचमा अवस्थित प्राचीन पुजनीयम् बराह तथा सो मन्दिर परिसरबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातोपानीको कुण्डजस्तास्थललाई थप व्यवस्थित गर्न चासो बढ्दै गएको छ।
कोरोनाले थलिएको पर्यटनलाई विस्तारै पूर्ववत् अवस्थामा फर्काउनुपर्ने वर्तमान अवस्थामा स्वास्थ्य मापदण्डसहित पर्यटकीय गन्तव्य खोल्नुपर्ने पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापाले बताए।
ुविश्व बजारमा मापदण्डसहित पर्यटकीयस्थल खुल्न थालेका छन्, हामीले पनि अब पर्यटकीयस्थल बन्द गरेर बस्न हुँदैनु, थापाले भने,ुपर्यटक र व्यवसायीलाई सुरक्षित बनाउन चाँडो कोरोना विरूद्धको खोप व्यवस्था गरी थलिएको पर्यटनलाई उठाउनुपर्छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम