काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको राजीनामा मागेको छ । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै आएको एमालेले प्रतिनिधिसभा लगातार अवरोध गरिरहेको छ ।
संसदको अवरोध खुलाउन विषयमा सभामुख सापकोटाले सोमबार आज दिउँसो साढे २ बजे सर्वदलीय बैठक बोलाएका छन् । सो बैठकमा पनि एमाले नजाने भएको छ ।
एमालेले कारबाही गरेका सांसदहरुले सनाखत गरेर गठन भएको दललेसमेत भाग लिने बैठकमा आफूहरुको सहभागिता नरहने एमालेले प्रष्ट पारेको हो।
भदौ १ गते एमालेले साउन २५ को निर्णय भन्दै माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरिएको सूचना संसद सचिवालयमा दर्ता गराएको थियो । तर, सभामुख सापकोटाले सो विषयमा ‘अध्ययन’ गरिरहेको बताएर सूचना प्रकाशित गरेनन् । भदौ २ मा माधवकुमार नेपालसहितका सांसदहरुले एमाले विभाजन गर्दै नयाँ दलका लागि निर्वाचन आयोगमा निवेदन दिए । भदौ ९ गते निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल नेकपा (एकीकृत समाजवादी)लाई वैधता दियो ।
निर्वाचन आयोगले एमाले विभाजन गरेर बनेको दललाई वैधता दिएपछि सभामुख सापकोटाले ती १४ जना सांसदलाई कारबाही गरिएको सूचना प्रकाशित गर्नुनपर्ने निर्णय लिए । यही विषयलाई लिएर एमालेले सभामुखले एमाले विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएको छ ।
यो प्रकरणमा एमालेले १४ जना सांसद विरुद्ध सर्वोच्चमा मुद्दा पनि दायर गरेको छ । सोमबार सो मुद्दाको सुनुवाइ हुँदैछ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते