संसदको अवरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

संसदको अवरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

Agni_Sapkota

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज (सोमबार) सर्वदलीय बैठक बोलाएका छन्। प्रतिनिधि सभा बैठकमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठक सोमबार दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से भवनमा बस्ने सभामुखको सचिवालयले जनाएको छ।

बैठकमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

हिजोको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेपछि बैठक भोलि मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । मंगलबारको बैठक सहज रुपमा सञ्चालन गर्ने गरी सहमति निर्माणका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्।

एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन दिएको भन्दै बैठक अवरोध गर्दै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ