एक अध्ययनका अनुसार रातमा बारम्बार बिउँझिने महिलाहरुको कम उमेरमा मृत्यु हुने सम्भावना धेरै हुन्छ । ८ हजार पुरुष र महिलाहरूमाथि गरिएको एक अनुसन्धानले उक्त तथ्य पत्ता लगाएको हो ।
अनुसन्धानकर्ताका अनुसार रातिमा बारम्बार निन्द्रा खुल्नुका विभिन्न कारणहरु हुन सक्छन् । यो मस्तिष्कको एक प्राकृतिक प्रक्रिया हो । हात गोडामा अचानक पीडा हुनु, दुख्नु, कुनै पनि प्रकारका ट्रमा वा सास फेर्न समस्या हुनु जस्ता समस्याले रातिमा निन्द्रा अचानक खुल्न सक्छ । यसका कारण पर्याप्त निदाउन सकिदैन । यसलाई ९गलअयलकअष्यगक धबपभागलिभकक० भनिन्छ ।
अष्ट्रेलियाको एडिलेड विश्वविद्यालयको नेतृत्वमा गरिएको अनुसन्धानमा यस्तो समस्या बारम्बार हुनुको पछाडि उच्च रक्तचाप वा अन्य स्वास्थ्यसम्बन्धी समस्या भएको पत्ता लागेको छ । अनुसन्धानको क्रममा तीनवटा अलग–लगत डाटाको प्रयोग गरिएको थियो । सहभागीहरुलाई एक रातभर निदाउँदा स्लीप ट्र्याकर लगाइएको थियो । सहभागी सबैलाई राति कति समय निदाउने र कति समयको लागि बिउँझिने भन्ने कुराको ख्याल राखिएको थियो । सहभागीहरुलाई ६ देखि ११ वर्षसम्म यो प्रक्रियाको विषयमा ध्यान दिएका थिए ।
उक्त अनुसन्धानका प्रमुख तथा लेखक एसोसिएट प्रोफेसर माथियास बोमर्ट र उनका सहयोगीहरुले पुरुषको तुलनामा महिलाहरु बढी बिउँझिने गरेको पत्ता लगाएको बताएका छन् । जसले गर्दा महिलाहरु हृदयरोगका कारण सानो उमेरमा नै ज्यान गुमाउँछन् । जुन महिला रातिमा धेरै बिउँझिन्छन् उनीहरुको सानो उमेरमा नै मृत्यु हुने सम्भावना ६० देखि १०० प्रतिशत हुन्छ ।
सम्बन्धित खबर
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो