नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद बैठक सुरु हुनुअघि संसदीय दल बैठकमा सहभागी हुँदै विरोध कार्यक्रम जारी रहने बताएका छन्।
उनले संसदको अग्रभागमा आइतबार पनि प्रदर्शन राख्ने तर त्यहाँ पनि उभिन नदिने हो भने बाहिर नै निस्केर नाराबाजी गर्नुको विकल्प नरहेको बताए।
अध्यक्ष ओलीले संसदमा व्यक्तिगत सुरोपना नदेखाउन पनि आफ्ना सांसदहरुसँग आग्रह गरे। ‘सभामुखलाई माइकले टाउकोमा हान्नु भन्नु एकदमै गलत हो, व्यक्तिगत सुरोपना नदेखाउनुहोला।’
गत शुक्रबारको संसद बैठकका क्रममा एमाले सांसद रेखा झाले माइकले सभामुख र अर्थमन्त्रीको टाउको फुटाउने योजना रहेको सार्वजनिक गरेकी थिइन्।
उनले तोकिएको नारामात्र लगाउन पनि सांसदहरुसँग आग्रह गरेका छन्। ‘एमालेले कसैलाई व्यक्तिगत आक्रमण गर्दैन,’ उनले भने।
संसदको अग्रभागमा पनि मर्यादापालकहरुले आफ्ना सांसदहरुलाई उभिन नदिएको उल्लेख गर्दै अध्यक्ष ओलीले ‘वेल प्रतिपक्षको रहेको’ जिकिर गरे।
एमाले सांसदहरुले नियमावली उल्लंघन गरेको भन्ने सभामुख अग्नि सापकोटाको अभिव्यक्तिबारे रोष प्रकट गर्दै ओलीले भने( ‘पहिला तपाईँ आफ्नो अनुहार ऐनामा हेर्नुहोस्।’ सभामुखले नियमावली मिचेको जिकिर गर्दै कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएकमा उनले आलोचना गरेका थिए।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते