पेन्सन खान आमाको शव लुकाउने छोरा !

पेन्सन खान आमाको शव लुकाउने छोरा !

sab-deathbody

अष्ट्रियामा एकजना पुरुषले आफनी आमाको लाशलाई ममि प्रविधिबाट सुरक्षित अवस्थामा एक वर्ष समम आफ्नो घरको तहखानामा लुकाएर राखेको प्रहरीले जनाएको छ । निरन्तर आमाको पेन्सन पाइरहने लोभमा उनले यस्तो काम गरेको अनुसन्धानबाट खुलेको छ । स्मरण शक्ति गुम्ने रोगबाट पिडित ति ८९ वर्षिया वृद्धाको गत वर्षको जुनमा प्राकृतिक कारणबाटै निधन भएको हुनुपर्ने अनुमान गरिएको छ ।

६६ वर्षिय छोराले लाशलाई जतनका साथ ब्यान्डेज लगाएर र गन्हाउन नदिन आइस प्याक प्रयोग गरेर भुमिगत तल्लामा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । प्रहरीले नाम नखुलाइएका उनले गैरकानुनी ढंगले करिव ५० हजार युरो पेन्सन वापत सरकारबाट बुझेको हुनुपर्ने बताएको छ ।

पश्चिमी टाइरोल क्षेत्रको उनको घरमा नयाँ हुलाकीलाई पेन्सन बुझाउन जाँदा वृद्धासंग भेट गराउन अस्विकार गरिएपछि ठग छोरोको भण्डाफोड भएको प्रहरीले जनाएको छ । आम्दानीको कुनै श्रोत तथा अन्त्येष्टि र घर चलाउन समेत खर्च नभएकाले उनले यो अपराध गरेको स्विकारेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ