आशिष पुरी, पोखरा । दन्त चिकित्सकहरूको छाता संगठन नेपाल डेण्टल एशोसियसनको गण्डकी प्रदेश समितिको नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार भएको अधिवेशनले डा. अभिषेकमान गुभाजुको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा डा. सपना लक्ष्मी तुलधार, महासचिवमा डा. सुदिप गिरी, कोषाध्यक्षमा डा. मिन बहादुर गुरुङ, सहसचिवमा डा. सुष्मिता थापा र सदस्यहरुमा डा. बिनिता बज्राचार्य, डा. आशिष कुंवर सिंह, डा. पुरन विश्वकर्मा र डा. संगीता माकाजु चयन भएका छन् ।
आफूलाई सर्वसम्मत जिम्मेवारी सुम्पेकोमा आभार व्यक्त गर्दै नवनियुक्त अध्यक्ष डा. माकाजुले कोरोना महामारीमा उच्च जोखिम समूहमा रहेका फ्रण्टलाइनर चिकित्सकहरू सावधानी अपनाएर निरन्तर बिरामीको सेवामा समर्पित भएकोमा खुशी जनाउँदै सतर्कता अझै जरुरी रहेको बताए । उनले कुनै पनि समस्यामा एशोसियसन सहयोगका लागि सधैं तत्पर रहने पनि विश्वास दिलाए ।
महासचिव डा. गिरीले गण्डकी प्रदेशभरका दन्तचिकित्सकको उत्थानको लागि विभिन्न सीडीई कार्यक्रम, नयाँ डाक्टरहरूको उचित व्यवस्थापनमा सहयोग नै यो कार्यसमितिको मूख्य लक्ष्य भएको बताए ।
सम्बन्धित खबर
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन