सभापतिको उम्मेद्वारीबाट पछि हट्दिनँः शशांक कोइराला

सभापतिको उम्मेद्वारीबाट पछि हट्दिनँः शशांक कोइराला

sasanka-koirala

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफू सभापतिको उम्मेद्वारीबाट पछि नहट्ने बताएका छन्।

शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेसको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन्।

महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेद्वार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताए।

उनले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिए। क्रियाशीलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उनको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds