संखुवासभा हत्याकाण्ड: छिमेकी युवक पक्राउ, आमाको मृत्युको रिसमा तीन पुस्ता सखाप !

संखुवासभा हत्याकाण्ड: छिमेकी युवक पक्राउ, आमाको मृत्युको रिसमा तीन पुस्ता सखाप !

Sankhuwashava

संखुवासभाको मादी नगरपालिका– १ मा तीन पुस्ताकै वंश नाश हुने गरी भएको वीभत्स हत्यामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

एकै परिवारका ६ जनाको ज्यान गरी भएको समूल हत्याकाण्डको अनुसन्धान गरिरहेको प्रहरीले आज (शनिबार) बिहान छिमेकी घरकै एक २६ वर्षीय युवक लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका युवक हत्या गरिएका घरमूली बुद्धमान कार्कीको भतिजो नाता पर्ने रहेका छन् । प्रहरीले औपचारिक रुपमा भने आरोपीलाई सार्वजनिक गरेको छैन । आइतबारसम्म सार्वजनिक गर्ने तयारी रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार मृतक तेजबहादुर सबेरै दुई सय मिटर मास्तिरका भतिजो नाता समेत पर्ने छिमेकी लोकबहादुरको घरमा उनका दुई दाजुभाइलाई लिन गएका थिए । तर बाटोमै टाउको पछाडिबाट हिर्काएर तेजबहादुरको हत्या भएको खुलेको प्रहरीले बताएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको भनेका छन् । कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिको घरमा रगतको टाटा लागेको सर्ट र हत्यामा प्रयोग भएको रड भेटिनुले उनी शंकाको घेरामा थिए । अब उनको सर्टमा लागेको रगत र हत्या भएका व्यक्तिको डिएनए म्याचिङ (परीक्षण) गरेपछि मात्रै उनको संलग्नता पुष्टि हुने र अनि मात्र सार्वजनिक गरिने बताइएको छ ।

स्थानीयहरुका अनुसार पक्राउ परेका व्यक्तिको मानसिक अवस्था कमजोर रहेको पाइएको छ । उनी केही समयदेखि औषधि सेवन गरिरहेको खुल्न अाएकाे छ । अहिलेसम्म हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको पाइएको र घटनाको अनुसन्धान लगभग अन्तिम अवस्थामा रहेको प्रहरी स्रोतको दाबी छ ।

पक्राउ परेपछि लोकबहादुरले दिएको बयानअनुसार मृतक तेजबहादुर उनलाई हेप्ने गर्थे, नमिठो बोल्थे । एक वर्षअघि उनकै घरमा लोकबहादुरकी आमा लडेकी थिइन् । गम्भीर घाइते भएकी आमालाई उपचारका लागि झापाको एक अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भयो । ‘आमाको मृत्यु पछाडि तेजबहादुरकै षडयन्त्र भएको लोकबहादुरको बुझाइ रहेको खुलेको छ ।

घरका सबैभन्दा अग्रज व्यक्ति ८५ वर्षीय बौद्धमान कार्कीबाहेक सामूहिक हत्या भएकाहरूमा ५८ वर्षीय तेज कुमार कार्की, ५१ वर्षीय कमला कार्की, २६ वर्षीय रञ्जना घिमिरे कार्की , ९ वर्षीय दिपने कार्की र ३ वषीय गोमा कार्कीको शव तीन फरक फरक स्थानमा फेला परेको थियो ।
आँखा देख्न र कान सुन्न नसक्ने बौद्धमान भने सकुशल रहेका छन् । घटनाबारे उनलाई स्थानीयले सोधपुछ गर्दा उनले मेलापातमा गएको होला भनेर भनेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ