व्यवसायी रुक्म शमशेर राणाको निधन

व्यवसायी रुक्म शमशेर राणाको निधन

Rukma-shamsher-rana

काठमाडौँ । व्यवसायी रुक्म शमशेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ । डाबर नेपालको प्रबन्धक निर्देशकसमेत रहेका राणाको काठमाडौँको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो ।

मिर्गौला प्रत्यारोपणपछि उनी नियमित डाइलाइसिस गर्दै आएका थिए ।

नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमसेरका कान्छा छोरा रुक्म सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बनेका थिए ।

राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्यसचिव थिए। त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिएका थिए । उनी अहिले पनि ओलम्पिक कमिटीमा मानार्थ अध्यक्ष छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds