काठमाडौँ । आज भाद्र शुक्ल पञ्चमी । ऋषिपञ्चमी पर्व । नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ ।
हरितालिका तीजको भोलिपल्ट गणेश चतुर्थी पर्व पर्दछ । गणेश चतुर्थी पर्वका दिन गणेशको विशेष पूजा–अर्चना गरिन्छ । गणेश चतुर्थी पर्वको छुट्टै महत्व र पहिचान रहेको छ । यसको लगत्तै ऋषिपञ्चमी पर्वको आगमन हुन्छ ।
पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरिन्छ ।
पञ्चमीको दिन बिहान विवाहित तथा अविवाहित सबै नारीहरुले आफ्नो नित्य शौचक्रियापश्चात् ३६० टुक्रा आँख्ला भएका दतिवन नामका वनस्पतिको प्रार्थना गरी उक्त डाँठको ब्रस बनाएर दाँत माझ्ने गर्दछन् ।
तत्पश्चात् अमलाको रुखको फेदको माटो, तुलसीको फेदको माटो, पारिजातको फेदको माटो, गाईको गोबर, हलोको माटो, दतिवनको पात र कुशसहित नुहाउने गर्दछन् । त्यसपछि अरुन्धतीसहित सप्तऋषिहरुको पूजा गर्ने प्रचलन छ । सप्तऋषिहरुमा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ नामका सप्तऋषिहरु पर्दछन् । ती ऋषिहरूको पूजा–अर्चना गर्नाले रजश्वला भएको अवस्थामा ज्ञात वा अज्ञात कारणले हुन गएको छुवाछूतको दोष मेटिन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । पञ्चमीका दिन सप्तऋषिहरुको मन्दिरमा गएर वा घरमै पनि कुशको प्रतिमूर्ति बनाई पुरोहित राखेर पूजा गर्ने प्रचलन छ ।
ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन् । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास रहेको छ ।
पूजाआजा गरिसकेपछि महिलाहरुले जन्मघर छोडेर कर्मघरमा रहँदा–बस्दा भोग्नुपरेका तीता–मीठा वेदनालाई लयात्मक ढंगले गीतको माध्यमबाट अभिव्यक्त गर्ने र नाचगान गर्ने गरिन्छ । यससँगै तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला