युट्युव र फेसबुकबाट हुने आम्दानीमा सरकारले १ प्रतिशत कर लिने

युट्युव र फेसबुकबाट हुने आम्दानीमा सरकारले १ प्रतिशत कर लिने

youtube-vs-facebook

सरकारले अनलाइन तथा युट्युव र फेसबुकलगायतका सामाजिक सञ्जालाबाट हुने आम्दानीलाई समेत करको दायारामा ल्याएको छ ।

अनलाइन रोजगारी गरी आम्दानी गर्ने र विभिन्न सामाजिक सञ्जालबाट आम्दानी गर्नेलाई सरकारले १ प्रतिशत कर लगाएको हो । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयक सार्वजनिक गर्दै सो यस्तो आम्दानीमा १ प्रतिशत अग्रिम कर लाग्ने बताएका छन् ।

अर्थमन्त्री शर्माले नेपाल बाहिर सफ्टवेयर वा अन्य विद्युतीय सेवा उपलब्ध गराएवापत बैंक वित्तीय संस्था वा मनि ट्रान्सफर गर्ने संस्थामार्फत् भुक्तानी भएमा सोको १ प्रतिशत अग्रीम कर लाग्ने उल्लेख गरेका छन् । साथै, सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेवापत विदेशी मुद्रा हस्तान्तरण गर्ने कम्पनीले भुक्तानीको १ प्रतिशत अग्रीम कर तिर्नुपर्ने उल्लेख छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds