अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा

अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा

aftab-alam

काठमाडौँ । रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका पूर्वमन्त्री मोहमद अफ्ताब आलमको मुद्दामा शुक्रबार पनि सुनवाइ नहुने भएको छ ।

आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दर्ता गराएको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्न न्यायाधीश दीपककुमार कार्की र हरि फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर पछि अदालतले ‘हेर्न नमिल्ने’ मा राखेको हो ।

२०६४ मा संविधानसभा सदस्यको निर्वाचनअघि रौतहटको राजपुरमा भएको बम विस्फोट घटनामा आलमको प्रमुख भूमिका रहेको भन्दै दायर रिट जिल्ला अदालत रौतहटमा विचाराधीन छ । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि आलम हाल ललितपुरस्थित नख्खु कारागारमा छन् ।

आलमले गत वर्ष नै साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

आलमको रिट निवेदन नौ पटक पेशीमा चढेको छ, तर अहिलेसम्म सुनुवाइ हुन सकेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ