राष्ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

राष्ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

Rastriya-Sava

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभामा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेस गरेका छन् । आज शुक्रबार दिउँसो बसेको बैठकमा गृहमन्त्री खाँणले अध्यादेश पेस गरेका हुन् ।

एमाले सांसदहरुले शुक्रबारको प्रतिनिधिसभा बैठकमा पनि विरोध जनाएका छन् । बैठक सुरु भएलगत्तै यथास्थानमा उठेर विरोध जनाएका एमाले सांसदहरुले अध्यादेश पेश हुँदा रोष्टम अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन समेत गरेका थिए । एमालेको विरोधकै बीच गृहमन्त्री खाँणले अध्यादेश पेश गरिसकेपछि उनीहरु आ–आफ्नो आसनमा बसेका छन् ।

राष्ट्रिय सभाले संविधानसभा सदस्यहरू जेबी टुहुरे र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ २८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ