भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको पाइएको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको देखिएको छ ।
सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार २६३ जना नयाँ सङ्क्रमित भएका छन् । जबकी अघिल्लो दिन दैनिक सङ्क्रमितको सङ्ख्या कम भएको थियो ।
पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण थप ३३८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एक दिनमा कुल मृत्यु भएका मध्ये १८१ जना केरला राज्यकै रहेको अधिकारीले बताएका छन् । त्यसैगरी केरलामा मात्रै एक दिनमा ३० हजार १९६ जना सङ्क्रमित भएका छन् ।
भारतमा सक्रिय सङ्क्रमितको अवस्थामा भने कमी आएको देखिएको छ । केही दिन आगाडि चार लाखभन्दा बढी रहेको सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले घटेको छ । मन्त्रालयका अनुसार बिहीबार भारतमा तीन लाख ९३ हजार ६१४ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेको तथ्याङ्क छ ।
सोही अवधिमा भारतमा ४० हजार ५६७ जना कोरोनभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै समयमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्याभन्दा नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या धेरै रहेको छ । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड २३ लाख चार हजार ६१८ रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी