मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित

messi-martinez-argentina

विश्वकप छनोट खेलमा अर्जेन्टिनाले बोलिभियामाथि सानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनालाई सानदार जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गरे । उनले खेलको १४ औं, ६४ औं र ८८ औं मिनेटमा गोल गरे ।

खेलको सुरुवातदेखि नै दबाबमा राखेको अर्जेन्टिनाले १४औं मेस्सीको गोलबाट अग्रता लिएको थियो । उनले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गरेका थिए ।

६४औं मिनेटमा मेस्सी नै गोल गर्दै अग्रता दोब्बर पारे । उनले मार्टिनेजसँगको वान टु वान पासमा गोल गरेका थिए । ८९औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए । अर्जेन्टिनाबाट १५३ खेलमा उनको यो ७९औं गोल हो ।

यो जितसँगै अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । पराजित बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ