आज ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

आज ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

literacy_day

काठमाडौँ । आज ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस । ‘मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

अहिलेसम्म नेपालका ५४ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । झण्डै ६८ प्रतिशत नेपाली नागरिक साक्षर रहेको पछिल्लो तथ्याङ्क छ । अझै २३ वटा जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । काठमाडौँसहित ताप्लेजुङ, सोलुखुम्बु, सप्तरी, सिराहा, धुनषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कपिलबस्तु, बाँके, मुगु, जुम्ला, हुम्ला, कालिकोट, डोल्पा, कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् ।

कोरोना भाइरसको जोखिमका कारण अभियान प्रभावकारी हुन नसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । सरकारले साक्षरता अभियान घोषणा गरे पनि यसलाई प्रभावकारी बनाउन नसकेको शिक्षाविद्को टिप्पणी छ । व्यक्तिलाई पूर्ण साक्षर नबनाइ घोषणा गर्दा निरक्षर नागरिकको संख्या बढ्न थालेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds