तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा, नेता अखुन्दले नेतृत्व सम्हाल्ने

तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा, नेता अखुन्दले नेतृत्व सम्हाल्ने

akhund

काठमाडौँ । तालिबान समूहले अफगानिस्तानमा सरकार घोषणा गरेको छ । काबुल नियन्त्रण गरेको झण्डै तीन हप्तापछि तालिबानले सरकार घोषणा गरेको हो ।

अन्तरिम सरकारको नेतृत्व नेता मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नेछन् । त्यस्तै उप–प्रधानमन्त्री अब्दुल गनी बरादर रहने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएको बीबीसीले जनाएको छ । बरादर विगतमा अमेरिकासँग दोहामा भएको शान्ति वार्तामा सहभागी थिए ।

निमित्त आन्तरिक मामिलामन्त्री सराजुद्दिन हक्कानी, निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान हुने र अरु बाँकी मन्त्री एक÷दुई दिनमा चयन गर्ने तयारी भैरहेको तालिबान समूहले जनाएको छ ।

मन्त्रिपरिषद् गठनलाई तालिबान सरकार स्थापनाको महत्त्वपूर्ण कदमका रुपमा हेरिएको छ । साथै तालिबान सरकारको मुख्य प्राथमिकता देशको अर्थतन्त्रलाई स्थिर बनाउने, अन्तर्राष्ट्रिय मान्यता खोज्ने र बढ्दो मानवीय सङ्कटलाई सम्बोधन गर्नुपर्ने हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds