नेपाली हिन्दू नारीहरूको महान चाड तीज अन्तर्गत आज बुधबार दर खाने दिन । तीजको पहिलो दिन विवाहित महिलाले माइती पुगेर दर खाने चलन छ ।
सामान्यतया तीजको दिन व्रत हुने भएकोले अघिल्लो दिन राति दर खाने प्रचलन छ । तर खाने नाममा केहि अस्वस्थ्यकर खानु हुदैँन । अन्यथा बिरामी पर्न सकिन्छ । त्यसो भए दरमा के खाने, के नखाने त ?
– दर भन्ने बित्तिकै दैनिक भन्दा बढी नै खाइन्छ । तर मात्रा नमिलाई धेरै खाँदा शरीरले पचाउन सक्दैन । त्यसैले शरीरलाई चाहिने मात्र खानुपर्छ ।
– दर खान बनाइने परिकारहरूमा धेरै चिल्लो हाल्नु हुँदैन । चिल्लो पर्दाथमा कोलष्ट्रलको मात्रा धेरै हुन्छ, जसले शरीरलाई हानी गर्दछ ।
– दरमा खीर, अचार, विभिन्न किसिमका तरकारीहरूको परिकार, सलाद र मासुको पनि प्रयोग गरिन्छ । धेरै किसिमका परिकार बनाउदा स्वास्थ्यलाई फाइदा हुने गरी बनाउनु पर्छ ।
– दरको परिकारमा अन्य खानेकुरा भन्दा सलादको मात्रा धेरै हुनुपर्छ ।
– सामुहिक रुपमा खाने दरमा ‘फुड पोइजन’ हुने सम्भावना हुन्छ । त्यसैले सकेसम्म घरमै सिमित व्यक्तिले बनाएको दर खाँदा राम्रो हुन्छ ।
– कतिपय महिलाले दरका नाममा रक्सी (अल्कोहल) खाने गर्दछन् । तर अल्कोहल पिउँदा शरीरलाई फाइदा गर्दैन र, दुर्घटनामा समेत पर्न सकिन्छ । विभिन्न एजेन्सीको सहयोगमा
सम्बन्धित खबर
स्याङ्जामा १९७ क्षयरोगका बिरामी, ७ को मृत्यु
युआरएलमा अपोलोका सेवा सुरु
बरिष्ठ बालरोग विशेषज्ञ डा. बास्तोला ‘प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन’ पदमा बढुवा
पाठेघरको क्यान्सर विरूद्धको १५ दिने एचपीभी खोप अभियानको आज छैठौं दिन
स्याङ्जामा सत प्रतिशत किशोरीलाई एचपिभी खोप लगाइयो
स्याङ्जामा एचपिभी खोप अभियान सुरू, पहिलो दिन ४२ प्रतिशतले लगाए
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर