काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो एकदिवसीय अन्तराष्ट्रियमा पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।
एक सय ३५ रनको सामान्य लक्ष्य पाएको नेपालले ८२ रन बनाउँदा ७ विकेट गुमाएसँगै संकटमा परेको थियो । तर रोहित पौडेल र सोमपाल कामीबीच आठौं विकेटका लागि ५२ रनको साझेदारी भएसँगै नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर जित हासिल गरेको हो । रोहितले ४१ तथा सोमपालले अविजित २२ रन बनाए । त्यस्तै डेब्यु खेलाडी आशिफ शेखले ३० रन जोडे ।
यसअघि नेपालको उत्कृष्ट बलिङका कारण पीएनजी ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रनमा सिमित हुन पुग्यो । लिगा सिआकाले सर्वाधिक ३० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ४ विकेट लिए । डेब्यु खेलाडी बिक्रम सोब र कुशल मल्लले २÷२ तथा सोमपालले १ विकेट लिए ।
यस जितसँगै दुई खेलको सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ । नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेलको सिरिज खेलिरहेको हो ।
नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक श्रृंखला भदौ २८ गतेदेखि शुरु हुनेछ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते