काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)बारे अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलको मंगलबारको बैठकमा बोल्दै उनले जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुने भन्दै एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको टिप्पणी गरे ।
उनले बुझेका भन्दा नबुझेकाहरूले धेरै हल्ला गरेको भन्दै अमेरिकाले नेपालको विकासका लागि दिन लागेको सहयोगको बारेमा बुझेर मात्रै बोल्न सांसदहरूलाई निर्देशन दिए ।
देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको दाबी गर्दै प्रतिष्पर्धाबाट प्राप्त गरेको अनुदान सहयोगले लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिने बताए ।
अमेरिकाले नेपालको विद्युत् प्रसारण लाइनको सुधार र सडकको सुधारका लागि अनुदानका रूपमा एमसीसी परियोजना ल्याएकाले यसबाट नेपालमा हुने विकास र फाइदाबारे बुझ्न र बुझाउनुपर्नेमा पनि प्रधानमन्त्री देउवाले जोड दिए ।
संघीय संसदको अधिवेशन आज (बुधबार) अपरान्ह ४ बजेका लागि आह्वान गरिएको छ । यो अधिवेशनमा एमसीसीको प्रस्ताव पेस हुने आकलन गरिएका बेला प्रधानमन्त्री देउवाले हिजो सांसदहरूलाई यस विषयमा आवश्यक निर्देशन दिएका हुन् ।
बैठकले बुधबारदेखि सुरु हुने संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई ह्वीप जारीसमेत गरेको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते