त्रिशूली नदी किनारमा घाँस काट्न गएका व्यक्ति बेपत्ता

त्रिशूली नदी किनारमा घाँस काट्न गएका व्यक्ति बेपत्ता

trishuli

गोरखाको गण्डकी गाउँपालिकामा त्रिशूली नदी किनारमा घाँस काट्न गएका एक व्यक्ति बेपत्ता भएका छन् । गण्डकी गाउँपालिका–८ सिउरेनिटारको बाँदरेघाटमा घाँस काट्न गएका सोही ठाउँका ६५ वर्षीय भक्तबहादुर माझी सोमबार दिउँसोदेखि बेपत्ता भएका हुन् ।

घाँस काट्न घरबाट निस्केका उनी अबेरसम्म पनि घर नफर्केपछि आफन्तले प्रहरी चौकी घ्याल्चोकमा खबर गरेका थिए । त्यसपछि खोजतलासका लागि निस्केको प्रहरी टोलीले नदी किनारमा बेपत्ता व्यक्तिको चप्पल, सुर्ती, लाइटर र घाँस काट्ने हँसिया फेला पारेको थियो ।

घाँस काट्न जाँदा हातमुख धुने क्रममा माझीलाई त्रिशूली नदीले बगाएको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरी स्थानीयको सहयोगमा बेपत्ता माझीको खोजी कार्य भइरहेको डीएसपी प्रकाश दाहालले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ