हिँडिरहेका बेला अचानक नालीमा लडेर पोखरामा एक पुरुषको मृत्यु

हिँडिरहेका बेला अचानक नालीमा लडेर पोखरामा एक पुरुषको मृत्यु

ladera mrityu

कास्की। नालीमा लडेर पोखरामा एक पुरुषको मृत्यु भएको छ।

सोमबार पोखरा महानगरपालिका -५ र १८ को सिमानामा पर्ने सिमाना मार्गको नालीमा हिंडिरहेका पोखरा -९ न्यूरोड निवासी ६७ वर्षीय ईश्वर श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

लडेर घाइते भए पश्चात बेहोस भएका श्रेष्ठलाई तत्काल वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उपचारका लागि पश्चीम क्षेत्रीय अस्पताल लगेकोमा उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको हो।

रुपामा मृत फेला 

कास्कीको रुपा गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

रुपा -३ स्थित मादी खोला र खाल्डे खोलाको दोभानमा वेवारिसे अवस्थामा पुरुषको शव फेला परेको हो। अन्दाजी ४५ वर्षका जस्ता देखिने उक्त पुरुषको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ