पोखराको सिमपानीबाट तास खेलिरहेका पाँच जना नगदसहित पक्राउ

पोखराको सिमपानीबाट तास खेलिरहेका पाँच जना नगदसहित पक्राउ

juwa-tas

सांकेतिक तस्विर

पोखरामा तास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -१ सिमपानी स्थित डेरा गरी बस्ने ३४ वर्षीया फूल कुमारी गर्वुजाको कोठामा तास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद ४५ हजार ५ सय ८५ रुपैयाँ र ताससहित पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ