गण्डकी प्रदेशसभामा एकीकृत समाजवादी शून्य, इन्द्रलाल एमालेमै

गण्डकी प्रदेशसभामा एकीकृत समाजवादी शून्य, इन्द्रलाल एमालेमै

Indralal-Sapkota

पोखरा । गण्डकी प्रदेशसभामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सांसद सहभागिता नहुने भएको छ ।

एमालेमा नेपाल पक्षमा रहेका सांसद इन्द्रलाल सापकोटाले माधव नेपाललाई साथ नदिने भएपछि एकीकृत समाजवादीका कोही पनि सांसद प्रदेश सभामा नहुने भएका हुन् ।

अरु प्रदेशमा केही प्रदेश सभा सदस्यहरु नेकपा एकीकृत समाजवादी पार्टीमा लागे पनि गण्डकी प्रदेशमा एक जनाले पनि यो पार्टीमा लाग्ने निर्णय गरेका छैनन् ।

यद्यपि दल रोज्न निर्वाचन आयोगले भदौ २२ गतेसम्मको समय दिएको छ ।

५९ सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन् । उनीहरुमध्ये माधवकुमार नेपाल पक्षका इन्द्रलाल सापकोटा मात्र थिए । उनी नेपाल समूहले बाग्लुङमा बनाएको समानान्तर कमिटीको अध्यक्ष थिए । तर एमालेमै बस्ने निर्णय लिएका छन् ।

२७ प्रदेश सभा सदस्यसहित अब प्रदेशमा नेकपा एमाले नै सबैभन्दा ठूलो दल बनेको छ । तर, यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुमत पुर्याउन नसक्दा नेकपा एमाले गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्ष भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds