नेपाल र भारतबीच भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा भारत २-१ ले विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा भारत २-१ ले विजयी भएको हो।
पहिलो हाफ गोलरहित रहेपनि दोस्रो हाफमा भारतका लागि फारुख चौधरीले ६३ औं र कप्तान सुनिल क्षेत्रीले ८० औं मिनेटमा गोल गरेका हुन्।
२-० ले पछि परेको अवस्थामा नेपालका लागि ८७ औं मिनेटमा तेज तामाङले गोल फर्काएका हुन् ।
पहिलो हाफमा केही लयमा देखिएको नेपाल दोस्रो हाफको शुरुवातीमा त्यति जम्न सकेन । भारत विरुद्ध नेपालले गोल गर्ने थुप्रै सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन। जसका कारण नेपालले घरेलु मैदानमा भारतलाई २-१ को नतिजा सुम्पिनु पर्यो।
यसअघि गएको बिहीवार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो ।
असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
आजको खेलमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले राष्ट्रिय टोलीका तर्फबाट ७४ औं खेल खेलेर नयाँ कीर्तिमान बनाएका छन् ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते