२७९ एम्पुल लागु औषधसहित पोखराबाट दुई युवक पक्राउ

२७९ एम्पुल लागु औषधसहित पोखराबाट दुई युवक पक्राउ

arrested

सांकेतिक तस्विर

पोखरामा लागु औषधसहित दुई व्यक्ति पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नं -२१ निर्मलपोखरी बस्ने २८ वर्षीय विमल राई र पोखरा -१६ बस्ने २० वर्षीय राजेन्द्र परियार अवैध लागु औषधसहित पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।

केसीका अनुसार विशेष सूचनाका आधारमा आइतबार खटिएको प्रहरीको टोलीले दिउँसो अन्दाजी १:२० बजेको समयमा परियारको कोठाबाट डाइजेपाम ९३ एम्पुल, फेनारगन ९३ एम्पुल र नुर्फिन ९३ एम्पुल गरी जम्मा २७९ एम्पुल लागु औषध वरामद गरेको हो।

पक्राउ परेका उनीहरु विरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भैरहेको उपरीक्षक केसीले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ