मित्र राष्ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

मित्र राष्ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

griha mantralaya home ministry

काठमाडौँ । सरकारले मित्र राष्ट्रविरुद्ध कुनै पनि गतिविध नगर्न अनुरोध गरेको छ ।

आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविध नगर्न अनुरोध गरेको हो ।

पछिल्लो समय भारत र अमेरिका विरोधी गतिविधि बढिरहेको छ । जयसिंह धामीको मृत्यु प्रकरण र एमसीसीको विरोधमा प्रदर्शन भइरहेका छन् । त्यसैलाई बचाउ गर्दै गृहले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा मित्रराष्ट्रसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको र भविष्यमा उत्पन्न समस्यालाई पनि वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाटै समाधान गरिने उल्लेख छ ।

यस्तै मित्रराष्ट्र र त्यहाँका प्रमुखविरुद्ध हुने गतिविधि नियन्त्रण गरिने र संलग्नलाई कारबाही गर्नेसमेत गृह मन्त्रालयले चेतावनी दिएको छ ।

सरकारले सबै मित्रराष्ट्रसँगको पारस्परिक सम्बन्ध अझै प्रगाढ बनाउन चाहेको र नेपाली भूमिमा कुनै पनि राष्ट्रका विरुद्ध गतिविधि हुन नदिन कटिबद्ध रहेको पनि जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds