आज पञ्चदान पर्व मनाईंदै

आज पञ्चदान पर्व मनाईंदै

panchadan

काठमाडौँ । बौद्ध संस्कृतिअनुसार आज पञ्चदान पर्व मनाइंदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ ।

यस पर्वमा बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्ने गरिन्छ । विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र परम्परागत विहारहरुमा भिक्षु भईसकेका शाक्य वज्राचार्यहरुलाई स–सम्मानका साथ स्वागत सत्कार गरी दान आदान प्रदान गरिन्छ।

एक दिन अघि बुद्ध प्रतिमा र दान दिने वस्तु (चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि) घरको कोठामा जम्मा पारिन्छ । यसरी दान गरिने वस्तु राखिएको ठाउँलाई दानशाला भनिन्छ ।

पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds