काठमाडौँ । कोरोना (कोभिड–१९) विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित रहेको विज्ञले बताएका छन् । उनीहरुलाई खोप सुरक्षित हुने भनिए पनि कहिले खोप दिने भन्ने बारे निर्णय भइसकेको छैन ।
निर्णय नभए पनि स्वास्थ्य मन्त्रालयले भने अब गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी थालिसकेको छ । यसअघि गर्भवती र सुत्केरीलाई खोप नलगाउन आग्रह गरिएको थियो । तर, अहिले जोखिमको आधारमा कोरोना भाइरसविरुद्धको खोप दिनुपर्छ भनेर सिफारिस भएकाले गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई पनि खोप दिने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए ।
गर्भवतीलाई कहिले र गर्भ बसेको कति औँ महिनामा खोप दिने भन्नेबारे छिट्टै निर्णय हुने उनले बताए। खोप विज्ञ डाक्टर श्यामराज उप्रेतीका अनुसार ३५ वर्षभन्दा माथिका गर्भवतीमा उच्च रक्तचाप, मधुमेह, मोटोपन छ भने जोन्सन एण्ड जोन्सन खोप दिन सिफारिस गरिएको छ ।
यसैबीच, स्वास्थ्य मन्त्रालयले आउँदो पुस, माघसम्ममा १२ देखि १८ वर्षका उमेर समूहकालाई पनि कोरोना विरुद्धको खोप दिने तयारी गरेको जनाइएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो