काठमाडौँ । सरकारले भदौं २३ गते संसदको अधिवेशन बोलाउन राष्ट्रपति विद्या भण्डारी समक्ष सिफारिश गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार, भदौ २३ गते अपराह्न ४ बजे संसदको दुबै अधिवेशन बोलाउने निर्णय भएको छ ।
यसअघि सरकारकै सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन ३२ गते संसदको दुबै अधिवेशन अन्त्य गरेकी थिइन् ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश पारित गराउन र अमेरिकी सहयोग एमसीसीको प्रस्तावबारे छलफल गर्न अधिवेशन बोलाएको बुझिएको छ । संसद अधिवेशन बोलाउनेबारे बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
यसअघि गएको साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेर सरकारले पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याएको थियो । सरकारले ल्याएको अध्यादेशपछि नेकपा एमाले र जनता समाजवादी पार्टी फुटेका छन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते