काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्नैप्रश्न सोधेका छन् ।
शनिबार नेकपा एमालेको काठमाडौँ महानगरपालिकास्तरीय कार्यक्रममा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे के गर्ने भन्दै जवाफ मागेका हुन् ।
कांग्रेस र माओवादीकै सरकारको पालामा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको तर उनीहरु नबोलेको भन्दै आपत्ति जनाएका छन् ।
‘कांग्रेस र माओवादी हुँदा एमसीसी गरेका हुन्, अहिले यिनीहरु बोल्दैनन्, झुक्याएर पास गर्न खोजेका होलान्, एमसीसी के गर्ने भनेर शेरबहादुर देउवा जीले भन्नुपर्दैन ?, प्रचण्ड जीले बोल्नुपर्दैन एमसीसी के गर्ने ?’ ओलीले प्रश्न सोधेका छन् ।
यस्तै, ओलीले उत्तरी छिमेकी चीनसँग सीमा विवाद नरहेको भन्दै कसलाई खुशी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाएको भन्ने प्रश्न गरेका छन्।
उनले भनेका छन्, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कस्लाई खुसी पार्नको लागि समिति बनाइएको हो ? म चुनौती दिन चाहान्छु, समितिले चीनसँगको सीमा विवाद देखाओस् ।’
सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको ओलीले आरोप लगाए ।
उनले आफूले जस्तो अरुले विकास गर्न नसक्ने दावी गर्दै अब मेलम्चीको पानी ल्याउन पनि एमाले कै सरकार चाहिने जिकीर पनि गरे ।
अहिलेको सरकारले ल्याउन नसक्ने ठोकुवा गरे ।
उनले पार्टीका पूर्वनेता माधव नेपालले वामपन्थी सरकार ढालेर, विकासको काम गरिरहेको सरकार ढालेर क्रान्तिका कुरा गरेको भन्दै आलोचना पनि गरेका छन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते