पोखरा -२७ भञ्ज्याङबाट लागु औषधसहित युवक पक्राउ

पोखरा -२७ भञ्ज्याङबाट लागु औषधसहित युवक पक्राउ

arrest

कास्की प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नं -२७ भञ्ज्याङस्थित ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले गरेको चेकजाँचमा अवैध लागु औषधसहित एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही स्थान बस्ने ३१ वर्षीय मोहन तामाङ रहेका छन्।

प्रहरीले उनको साथबाट नुर्फिन ४५ एम्पुल, डाईजापाम ४५ एम्पुल र फेनारगन ४५ एम्पुल गरी जम्मा १३५ एम्पुल लागु औषध वरामद गरेको छ।

पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ