एमाले जुम्लाको सिंगै कमिटी माधव नेपालको एकीकृत समाजवादीमा

एमाले जुम्लाको सिंगै कमिटी माधव नेपालको एकीकृत समाजवादीमा

Jumla Samajbadi

काठमाडौँ । नेकपा एमाले जुम्लाका सिंगै कमिटी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा गएको छ।

आज भएको पत्रकार भेटघाटमा एमाले जुम्लाका ५८ जना पदाधिकारीले समाजवादी पार्टी रोजेको घोषणा गरेका छन् ।

जुम्लामा एमालेको ६१ सदस्यीय जिल्ला कमिटी थियो। तीन जनाबाहेक सिंगो कमिटी समाजवादीमा गएको जिल्ला अध्यक्ष तीर्थबहादुर बुढाले बताए।

यस्तै, निर्वाचित जनप्रतिनिधिहरूमध्ये प्रदेश ख का सांसद पदम रोकायालगायत नगरपालिकामा जितेका सबै वडा अध्यक्षहरू पनि समाजवादीमा गएका छन्। अन्य जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्ममा सनाखत गर्न आह्वान गरिएको जनाइएको छ ।

भदौ २३ गते समाजवादीको भेला गर्ने निर्णय भएको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ