काठमाडौँ । चीनले नेपालसँगको सीमालाई लिएर कुनै विवाद नरहेको बताएको छ । हुम्लाको नाम्खा क्षेत्रमा भएको सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयपछि चीनले यस्तो प्रतिक्रिया जनाएको हो ।
काठमाडौँस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको स्पष्ट पारेका छन् । ‘सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भइसकेको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद छैन ।’
विज्ञप्तिमा चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेर सीमाका मुद्दालगायत दुई मुलुकबीचको साझेदारीलाई थप बलियो तुल्याउन चाहेको समेत जनाइएको छ ।
केही व्यक्तिले यसअघि पनि नेपाल र चीनबीच कथित सीमा विवाद निम्त्याउने प्रयास गरेको जनाउँदै चीनले यसबारे परराष्ट्र मन्त्रालयले त्यतिबेला जारी गरेको प्रस्टीकरणलाई बुझ्नसमेत ध्यानाकर्षण गराएको छ । त्यतिबेला नेपालको परराष्ट्र मन्त्रालयले समेत चीनसँग सीमासम्बन्धी कुनै विवाद नरहेको स्पष्ट पारेको थियो ।
दुुई देशबीचको विकास तथा सहायताका लागि नेपालसँग मिलेर हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न चाहेको पनि चीनले उल्लेख गरेको छ । हुम्लासँग सीमा जोडिएको तिब्बतको सिजाङबाट नेपालतर्फ भूकम्प, बाढीपहिरो र महामारीजस्ता विपदमा मानवीय सहायता प्रदान गरिराखिएको समेत चीनले भनेको छ ।
केही वर्षदेखि चीन र नेपालले सक्रियतापूर्वक सीमा व्यवस्थापन, बन्दरगाह निर्माण, सीमापार सहायता आदानप्रदान गरेको जनाउँदै चीनले दुई देशका नागरिक यसबाट लाभान्वित भइरहेको जनाएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो